Samajik Feed – News Portal from Nepal

धनुषामा दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गरी दुई मिनेट कार्यक्रम सुरु

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा तथा मातहतका पोष्टहरुद्वारा “दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम” सुरुवात भएको छ। कार्यक्रमको उद्देश्य दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना जोखिम न्यूनीकरण, रोकथाम, र ट्राफिक सचेतना अभिवृद्धि गर्नु हो। यस क्रममा चालकलाई ट्राफिक नियम पालना, सुरक्षित यात्रा, र दुर्घटनाबाट जोगिने उपायबारे जानकारी दिइँदैछ। […]

धनुषामा एच.पी.भी. खोप अभियान सुरु

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा आगामी माघ २३ गतेदेखि एच.पी.भी. (Human Papillomavirus) खोप अभियान सुरु हुने भएको छ। नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको एक अभिमुखिकरण कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्य कार्यालय धनुषाका सिअहेब शिवजी दासले जानकारी दिएका छन् कि यो अभियान माघ […]

मधेश प्रदेशका कानुन कार्यान्वयन फितलो, सरोकारवालाको सहकार्यमा कमी

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । मधेश प्रदेशमा निर्माण भएका कानुनहरुको कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ। मधेश प्रदेशसभाबाट हालसम्म ६४ वटा कानुन निर्माण भए पनि तिनको प्रभावकारी कार्यान्वयनका लागि सरकारको सहकार्य, समन्वय र सहजीकरणको अभाव देखिएको छ। प्रदेशसभा सदस्य जितेन्द्र सोनलले कानुन कार्यान्वयन गर्ने निकायले किताब नै उपलब्ध गराउन नसकेको कारण कार्यान्वयन फितलो […]

प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा

जनकपुरधाम, सामाजिक फीड। १४ माघ । वायु, पानी र ध्वनी प्रदुषणपछि अब नयाँ खतरा बढ्दै गएको छ, त्यो खतरा हो प्रकाश प्रदूषण । प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ। अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जर्भेटरीको भेरी लार्ज […]

अमेरिका द्वारा USAID लगायत विभिन्न अमेरिकी अनुदानमा मा तत्काल रोक, नेपालको विकास कार्यमा पनि ठूलो समस्या पर्ने

जनकपुरधाम, सामाजिक फीड। अमेरिकी स्टेट डिपार्टमेन्टको ‘अफिस अफ फरेन एसिस्टेन्स’ का निर्देशकले शुक्रबार एक वैश्विक आदेश जारी गर्दै नयाँ विदेशी सहायता खर्चमा तत्काल रोक लगाउन र हालका अनुदान तथा ठेक्कापट्टाका कामहरू रोकिने निर्देशन दिएका छन्। ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत आएको यो निर्णयले नेपालसहित धेरै विकासशील देशहरूलाई गम्भीर असर पार्ने संकेत गरेको छ। स्वास्थ्य, शिक्षा, महिला […]

नेपाल लाटोकोसेरो र हुचील उत्सव २०८१ धनुषामा आयोजना हुने

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम। धनुषा जिल्लाको मिथीला बिहारी नगरपालिकाको वडा नं. २ र ३ मा नेपाल लाटोकोसेरो र हुचील उत्सव २०८१ आगामी माघ २५ र २६ गते आयोजना हुने भएको छ। मिथीला वाइल्डलाइफ ट्रस्ट र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा हुने यस उत्सवले लाटोकोसेरो र हुचीलको संरक्षण र स्थानीय सांस्कृतिक कार्यक्रम प्रवद्र्धन गर्ने लक्ष्य […]

फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम । जनकपुरधाम वडा नं. ७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा आइतबार दिउँसो १२:३० बजे भिषण आगलागी भएको छ। आगलागीले तयारी अवस्थामा रहेका फर्निचर, फोम, काठलगायत लाखौं मूल्य बराबरका सामग्री जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्रले सक्रियता देखाएको छ। आगलागीको कारण […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा नेपाल–भारत मित्रताको प्रशंसा

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन्। भारतीय गणतन्त्र दिवसको ७६औँ वार्षिकोत्सवको अवसरमा भारतीय पेन्सन वितरण कार्यालय, पोखराद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे। […]

७२औँ विश्व कुष्ठरोग दिवसमा महोत्तरीमा चेतना अभियान

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम । महोत्तरीको सिंग्याही–महोत्तरी नगरपालिकामा ७२औँ विश्व कुष्ठरोग दिवसको अवसरमा लल्गढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले भव्य कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा र्‍याली, अन्तरक्रियात्मक कार्यक्रम र कुष्ठरोग सचेतना अभियान जस्ता गतिविधिहरू उत्साहपूर्वक सम्पन्न भए। सार्वजनिक स्वास्थ्य प्रमुख, स्वास्थ्य चौकी इन्चार्ज, तथा लल्गढ अस्पतालका प्रतिनिधि कृष्णप्रसाद सुवेदी र ललिता लभको विशेष […]

तीन पुस्ताको संघर्ष र मिठास बिन्धिको दही पसल

सामाजिक फीड- जनकपुरधाम माघ १३ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिमा अवस्थित बिन्धिको दही पसल ५० वर्षभन्दा बढी पुरानो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो। मोहन मण्डल धानुकले पान पसलबाट सुरु गरेको व्यवसाय तीन पुस्ताको मेहनत र समर्पणले आज जनकपुरधामकै प्रख्यात दही पसलको रूपमा स्थापित भएको छ। कुराकानी गर्दै कर्ममा हामीले थाहा पायो २०२६ सालमा मोहनका […]