सामाजिक फीड-
माघ १३ गते – जनकपुरधाम ।
जनकपुरधाम वडा नं. ७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा आइतबार दिउँसो १२:३० बजे भिषण आगलागी भएको छ। आगलागीले तयारी अवस्थामा रहेका फर्निचर, फोम, काठलगायत लाखौं मूल्य बराबरका सामग्री जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्रले सक्रियता देखाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरणका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले अनुसन्धान जारी राखेको छ।