सामाजिक फीड-
माघ १३ गते – जनकपुरधाम ।
महोत्तरीको सिंग्याही–महोत्तरी नगरपालिकामा ७२औँ विश्व कुष्ठरोग दिवसको अवसरमा लल्गढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले भव्य कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा र्याली, अन्तरक्रियात्मक कार्यक्रम र कुष्ठरोग सचेतना अभियान जस्ता गतिविधिहरू उत्साहपूर्वक सम्पन्न भए। सार्वजनिक स्वास्थ्य प्रमुख, स्वास्थ्य चौकी इन्चार्ज, तथा लल्गढ अस्पतालका प्रतिनिधि कृष्णप्रसाद सुवेदी र ललिता लभको विशेष उपस्थिति रहेको कार्यक्रमलाई श्री राम नरेशले सञ्चालन गरेका थिए।
यस अभियानले स्थानीय समुदायमा कुष्ठरोगसम्बन्धी चेतना जगाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएका छन्।