Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, सामाजिक फीड।

अमेरिकी स्टेट डिपार्टमेन्टको ‘अफिस अफ फरेन एसिस्टेन्स’ का निर्देशकले शुक्रबार एक वैश्विक आदेश जारी गर्दै नयाँ विदेशी सहायता खर्चमा तत्काल रोक लगाउन र हालका अनुदान तथा ठेक्कापट्टाका कामहरू रोकिने निर्देशन दिएका छन्। ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत आएको यो निर्णयले नेपालसहित धेरै विकासशील देशहरूलाई गम्भीर असर पार्ने संकेत गरेको छ।

स्वास्थ्य, शिक्षा, महिला र बालबालिका सशक्तीकरण तथा कृषि विकास लगायत विभिन्न क्षेत्रको काम प्रभावित हुने भएको छ |

विशेषज्ञहरूका अनुसार यो निर्णयले न केवल विकास परियोजनामा असर गर्नेछ, समुदायमा दीर्घकालीन आर्थिक र सामाजिक असमानता पनि बढाउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *