Samajik Feed – News Portal from Nepal

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

काठमाडौँ, ३० साउन । कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको छ। प्राविधिक समस्या नआए आजै परीक्षाफल सार्वजनिक हुने उनले बताए । नेपाल टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी र वेबसाइटमार्फत् परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ । samajik_feedsamajikfeed.com

आरती मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रदर्शन, करिब २० जना पक्राउ

काठमाडौँ, २९ साउन । आरती साहको हत्या भएको भन्दै न्यायको माग गरी प्रदर्शनमा उत्रिएको पीडित परिवारसहितलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार मृतक साहका बुवा, आमा, बहिनीसहित करिब २० जनालाई सिंहदरबारबाट पक्राउ गरेको हो । करिब दुई महिनादेखि उनीहरूले धर्ना दिँदै आएका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहका माइती पक्ष झरी सहेर धर्नामा […]

अमेरिकामा भीषण डढेलो, मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी, २९ साउन । अमेरिकाको जंगलमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । एक सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अमेरिकाको हवाईको जंगलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । आगलागीमा परी सयौँ मानिस घाइते भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा […]

एनवाईईएफ जनकपुरद्वारा युवा उद्यमीको नेतृत्व विकाससम्बन्धी प्रशिक्षण

जनकपुरधाम, २८ साउन । नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ जनकपुर च्याप्टरले गरेको युवा उद्यमीहरूको नेतृत्व विकाससम्बन्धी सिकाइ प्रशिक्षण सम्पन्न भएको छ । जनकपुरधाममा आइतबार एनवाईईएफ जनकपुर च्याप्टरले गरेको ‘सिकाइ सत्र’मा अष्ट्रेलियाका पूर्वराजदूत, जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष तथा माेटिभेशनल स्पीकर महेशराज दाहालले युवा यद्यमीहरूलाई प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा पूर्वराजदूत दाहालले नेतृत्व क्षमता भएकाहरूलाई कुनै पनि उद्यम […]

सांसद् डा. शर्मालाई थुनामा नराख्न अदालतको आदेश

काठमाडाैँ, २६ साउन । नेपाली कांग्रेसका सांसद् तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई थुनामा नराख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका सांसद् शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय […]

सरकार र गौर हत्याकाण्डका पीडितबीचको सहमतिप्रति जसपाको आपत्ति

काठमाडाैँ, २६ साउन । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जनता समाजवादी पार्टीले आपत्ति जनाएको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएको थियो । १७ वर्षअघिको सो काण्डको छानबिनमा जसपाका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरू तानिने भएपछि जसपाले शुक्रबार पत्रकार सम्मेलन नै […]

नक्कली सर्टिफिकेट बनाउने थप दुई जना पक्राउ

काठमाडौँ, २६ साउन । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका छन् । चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौँबाट पक्राउ […]

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडाैँ, २६ साउन । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । ठगी गरी सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी […]

भारतको ‘केरल’ राज्यको नाम परिवर्तन हुने

एजेन्सी । भारतको केरल राज्यको नाम परिवर्तनका लागि प्रस्ताव पेश भएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधान सभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव प्रस्तुत गर्दै उनले केरलको आधिकारिक नाम परिवर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए । केरल राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलको रूपमा सूचीबद्ध रहेको उनले बताए । […]

नेपाली कांग्रेसका सांसद् सुनिल शर्मा पक्राउ

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका सांसद् तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् । काठमाडौँको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई पक्राउ गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । शर्मा गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ–३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका […]