Samajik Feed – News Portal from Nepal

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । आज अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो । भूकम्पको धक्का काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस गरिएको थियो । गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु […]

पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २० कार्तिक । पर्साको मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राजस्व चुहावटको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरू विरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो । राजस्व चुहावटको आरोप लाग्नेहरूमा मिश्रसहित सोही मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर […]

महोत्तरीमा डाकाद्वारा ५० लाखभन्दा बढीको लुटपाट

महोत्तरी, २० कार्तिक । महोत्तरीमा डाकाहरूको समूहले ५० लाखभन्दा बढीको लुटपाट गरेको छ । गएराति जलेश्वर–८ रतवारामा डाकाहरूको समूहले जयकिशोर चौधरीको घरमा लुटपाट गरेको हो । पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका […]

प्रधानाध्यापकको हत्या भएको दाबी गर्दै सिरहाको मिर्चैयामा प्रदर्शन

सिरहा, २० कार्तिक । सिरहाको गोलबजारमा एक विद्यालयका प्रधानाध्यापकको हत्या भएको दाबी गर्दै परिवारजन तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् । गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आइतबार मृत अवस्थामा फेला परेका थिए । विद्यालयमै पासो लागेको अवस्थामा मृत भेटिएका उनको हत्या भएको परिवारजनको दाबी छ । मिर्चैया नगरपालिका–७ का […]

गुल्शन झा बने प्रतियोगिताको उत्कृष्ट खेलाडी

काठमाडौँ, १९ कार्तिक । नेपालका तीव्र गतिका बलर तथा अलराउन्डर गुल्शन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल फाइनलमा सुपर ओभरमा पराजित भएपनि गुल्शनले उक्त अवार्ड पाएका हुन् । गुलशनले ५ खेलमा ७९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । गुल्शनले ओमानविरुद्ध ५४, यूएईविरुद्ध २२ र ओमानविरुद्ध ३ […]

एमडीएमएस प्रणाली कार्यान्वयनमा आउँदै, अबैध फोन ब्लक हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली कार्यान्वयनमा आएलगतै प्राधिकरणमा दर्ता नभएका मोबाइल फोनहरू ब्लक हुने छन् । अब अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले […]

टी–२० विश्वकप छनोट: ओमानसँग नेपाल ‌पराजित

काठमाडौँ, १९ कात्तिक। आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल ओमानसँग ११ रनले पराजित भएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सकेको थियो । फाइनलमा नेपाल पराजित भए पनि आईसीसी विश्वकपका लागि भने नेपाल […]

कांग्रेस सांसदहरूले भूकम्पपीडितलाई १५ दिनको पारिश्रमिक दिने

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । पार्टी सभापति एवं […]

भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

जाजरकोट, १८ कार्तिक । जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। त्यस्तै […]

भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो

जाजरकोट, १८ कार्तिक । भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । सयाैँ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको […]