काठमाडौँ, १९ कार्तिक । नेपालका तीव्र गतिका बलर तथा अलराउन्डर गुल्शन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल फाइनलमा सुपर ओभरमा पराजित भएपनि गुल्शनले उक्त अवार्ड पाएका हुन् ।
गुलशनले ५ खेलमा ७९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । गुल्शनले ओमानविरुद्ध ५४, यूएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए । सिंगापुरविरुद्ध २ विकेट लिएका उनले मलेसिया र ओमानसँग १–१ विकेट लिएका थिए ।
सर्वोत्कृष्ट भएवापत् गुल्शनले पल्सरको १ सय ६० सीसीको मोटरसाइकल पाउने छन् । ओमानका बिलाल खान प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । ओमानलाई उपाधि जिताउन प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका थिए ।
नेपालका कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा १ अर्धशतकसहित कुल १ सय ८५ रन बनाएका थिए । नेपाल सुपर ओभरमा फाइनलमा ओमानसँग पराजित भएको छ । नेपाल र ओमानले २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछन् ।