जाजरकोट, १८ कार्तिक । भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । सयाैँ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् ।
भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । उद्धारको अहिले पनि जारी रहेको छ । गएराति जाजरकोटलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प आएको थियो ।