जाजरकोट, १८ कार्तिक । जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
उनका अनुसार जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। त्यस्तै २ सय २ जना घाइते भएका छन् ।
भूकम्पमा परी दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ जनाको मृत्यु भएको छ ।