मकवानपुरमा मोटरसाइकल दुर्घटना, श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

मकवानपुर, १४ मंसिर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बिहीबार मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलनजिक मोटरसाइकल अनियन्त्रित भई करिब १२ मिटर तल खसेको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ वर्षीया रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल […]
मधेश प्रदेश सरकार र स्थानीय तहहरूप्रति जनताको वितृष्णा बढ्योः सांसद् ठाकुर

जनकपुरधाम, १४ मंसिर । मधेश प्रदेश नेकपा एमालेका सांसद् दीपेन्द्र ठाकुरले प्रदेश सरकार र स्थानीय तहहरूप्रति जनताको वितृष्णा बढ्दै गरेको दाबी गरेका छन् । मधेश प्रदेशसभाको बुधबार बसेको दोश्रो अधिवेशनको पाँचौँ बैठकको विशेष समयमा एमाले ससंदीय दलका उपनेतासमेत रहेका ठाकुरले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले कुनै ठोस काम गर्न नसकेको पनि आरोप लगाए […]
प्रधानमन्त्री दाहाल दुबई भ्रमणमा, कोप–२८ सम्मेलनमा भाग लिने

काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल कोप–२८ सम्मेलनमा भाग लिन दुबई पुगेका छन् । प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समयानुसार राति करिब १ः३० बजे उनी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । दुबई […]
जुनसुकै विषयमा स्नातक गरेकाले अंग्रेजीमा स्नातकोत्तर गर्न पाउने

काठमाडाैँ, १३ मंसिर । त्रिभुवन विश्वविद्यालयले जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने व्यवस्था गरेको छ । यसअघि त्रिविले नेपाली विषयमा पनि स्नातकोत्तरका लागि यस्तै निर्णय गरेको थियो । त्रिवि प्राज्ञिक परिषद्ले जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर (एमए) मा नेपाली तथा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो । विश्वका […]
एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा

काठमाडाैँ, १३ मंसिर । मलेसियास्थित आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । नेपालमा व्यवसाय गर्न कठिनाइ भएको औंल्याउँदै सो समूहले एनसेलबाट आफ्नो स्वामित्व फिर्ता लाने घोषणा गरेको हो । नेपालमा चुनौती बढेकाले कम्पनीको सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका छन् । यो घोषणासँगै […]
दस्तखत कीर्ते गरेको कसुरमा नायव सुब्बा पक्राउ

उदयपुर, १३ मंसिर । सरकारी दस्तखत कीर्ते गरेको कसुरमा उदयपुरको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायव सुब्बालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नायव सुब्बा ४७ वर्षीय गुरुप्रसाद ढकाललाई पक्राउ गरेको हो । नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको कीर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो । उजुरी […]
काठमाडाैँमा मंसिर २७ देखि सुर्तीजन्य वस्तु बिक्री र प्रयोग निषेध
काठमाडौँ, १३ मंसिर । काठमाडौँ महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोग पूर्ण निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मङ्गलवार जारी गरेको सार्वजनिक सूचनाअनुसार मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगमा रोक लाग्ने भएको हो । सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका […]
सुरुङमा फसेको ४०० घण्टापछि ४१ मजदुरको सकुशल उद्धार

भारत । भारतको उत्तरकाशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ मजदुरको १७ औँ दिनमा सकुशल उद्धार गरिएको छ । मंगलबार साँझ सबै कामदारलाई सकुशल बाहिर निकालिएको हो । उद्धारकर्ताहरूले मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकालेका थिए । उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिन्यालीसौरको स्वास्थ्य केन्द्रमा लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ। उनीहरूलाई स्वागत […]
सुरुङमा फसेका ४१ मजदुरलाई केही घण्टाभित्रै निकालिने, बाहिर एम्बुलेन्स तैनाथ

भारत । उत्तराखण्डको उत्तरकाशीको निर्माणाधीन सुरुङमा फसेका ४१ मजदुरलाई अबको केही घण्टाभित्रै सकुशल बाहिर निकालिने भएको छ । आज १७ औँ दिन उद्धार कार्य अन्तिम चरणमा पुगेको हो । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केही घण्टाभित्र मजदुरहरूलाई निकाल्ने दाबी गरेका हुन् । प्राप्त जानकारीका अनुसार सुरुङ अब दुई मिटर मात्र खन्न बाँकी रहेको र पाइप […]
कमेडियन अपूर्व क्षितिजलाई १० हजार रुपैयाँ जरिवाना

काठमाडौँ, १२ मंसिर । कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुतसम्वन्धी र सामाजिक रितिस्थितिमा खललसम्बन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् । युट्युबमा […]