Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १३ मंसिर । त्रिभुवन विश्वविद्यालयले जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने व्यवस्था गरेको छ ।

यसअघि त्रिविले नेपाली विषयमा पनि स्नातकोत्तरका लागि यस्तै निर्णय गरेको थियो । त्रिवि प्राज्ञिक परिषद्ले जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर (एमए) मा नेपाली तथा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो ।

विश्वका अधिकांश विश्वविद्यालयले केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा पढेको विषयलाई गौण मान्ने गरेका छन् । नेपालमा भने कतिपय विषयमा माथिल्लो तह पढ्नको लागि तल्लो कक्षामा पढेको विषयको आधारमा भर्ना नपाउने अवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *