Samajik Feed – News Portal from Nepal

आजबाट एक घण्टा कार्यालयको समय लम्बियो, सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

समाजिक फीड जनकपुरधाम, माघ १६ गते । आजबाट सरकारी कार्यालय बेलुकी ५ बजेसम्म खुल्ने भएको छ । विहान १० बजे खुल्ने सबै सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । नियमानुसार १५ गते माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म रहेको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना […]

धनुषामा खानामा विष मिलाएर महिलाको हत्या गरेर फरार भएका मोहन प्रहरीको फन्दामा

समाजिक फीड जनकपुरधाम, , फागुन १६ गते । धनुषामा खानामा विष मिलाएर हत्या गरेको अभियोगमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कमला नगरपालिका ६ स्थित सखुवामडान बस्ने ५४ वर्षीय मोहन साह कानुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनका अनुसार कानुलाई घटनाको २३ वर्षपछि प्रहरीले पक्राउ गर्न […]

मधेशी आयोगले सशस्त्रलाई भन्यो– ‘सीमामा गरिब जनतालाई दुःख नदिनू’

काठमाडाैँ, १५ माघ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल–भारत सीमामा गरिब जनतालाई अनावश्यक दुःख नदिन सशस्त्र प्रहरीलाई सचेत गराएका छन् । सोमबार आयोगको कार्यालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग भएको भेटघाटमा अध्यक्ष डा. दत्तले सीमामा देखिएका समस्याहरूलाई लिएर सचेत गराएका हुन् । उनले गरिब जनताले भारतबाट दैनिक गुजाराका लागि सामान ल्याउँदा पनि […]

मधेश प्रदेश : बृद्धाभत्ता लिन लाइनमा बसेकी महिलाको बैंकमै मृत्यु

समाजिक फीड जनकपुरधाम, माघ १५ गते । सर्लाहीमा पैसा लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी हरिवन नगरपालिका– ६ की ७७ वर्षीया शान्तमाया विकको मृत्यु भएको हो । सोमबार दिउँसो तीन बजेतिर हिरवनस्थित ग्लोवल आईएमई बैंकमा वृद्ध भत्ता लिन गएको बेला अचालन उनको मृत्यु भएको […]

जनकपुरमा जारी सभामुख क्रिकेट कप : बाराले रौतहटलाई ४९ रनले हरायो

समाजिक फीड जनकपुरधाम, माघ १५ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० अन्तरगत तेस्रो दिन बारा क्रिकेट टिम विजयी भएको छ । सोमबार रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा रौतहटलाई ४९ रनले पराजित गर्दै बारा विजयी भएको हो । टस जितेर बारा टिम पहिला बलेबाजी गर्ने निर्णय गरेका थिए । बाराका खेलाडीहरु ३६ ओभर ४ […]

बजारबाट मोटरसाइकल चोरी गरेर भागेका युवक प्रहरीको फन्दामा

समाजिक फीड सर्लाही, माघ १५ गते । सर्लाहीबाट मोटरसाइकल चोरीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हरिवन नगरपालिका–११ हलुवाई टोल बस्ने २८ वर्षीय भरत विकलाई प्रहरीले पक्राउ गरेको हो । गएको पुस २८ गते पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने हरिवन–११ स्थित हरिवन बजारबाट मोटरसाइकल चोरी भएको थियो । पार्किङ गरी राखिएको ना ५० प ७७८५ […]

मधेशमा आएर प्रधानमन्त्री प्रचण्डले भने–दरबार हत्याकाण्डको छानविन हुन्छ

समाजिक फीड बारा, माघ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट […]

विदेश पठाइदिने भन्दै ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

काठमाडौँ, १५ माघ । विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–४ का ३३ वर्षीय रामशरण शिवाकोटी हुन् । काठमाडाैँस्थित मिराकल कन्सलटेन्सीका सञ्चालक रहेका उनले युनिसा आलेमगर समेतलाई वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गरेको प्रहरीको आरोप छ । उनले ३३ लाख २ हजार रुपैयाँ ठगेको […]

बसले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु

बाँके, १५ माघ । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका-१८ मा भे. १ ख १६९७ नम्बरको माइक्रो बसले लु. १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डाँगीको मृत्यु भएको प्रहरीले […]

क्याफेमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

समाजिक फीड विराटनगर, माघ १५ गते । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको हो । धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट […]