समाजिक फीड
जनकपुरधाम, माघ १६ गते ।
आजबाट सरकारी कार्यालय बेलुकी ५ बजेसम्म खुल्ने भएको छ ।
विहान १० बजे खुल्ने सबै सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् ।
नियमानुसार १५ गते माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म रहेको छ ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।
त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् ।
अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
यसअनुसार आजदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने प्रचलन छ ।