काठमाडौँ, १५ माघ । विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–४ का ३३ वर्षीय रामशरण शिवाकोटी हुन् ।
काठमाडाैँस्थित मिराकल कन्सलटेन्सीका सञ्चालक रहेका उनले युनिसा आलेमगर समेतलाई वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गरेको प्रहरीको आरोप छ । उनले ३३ लाख २ हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अजरबैजानका जानका लागि तीन जनाबाट ३३ लाख ठगेको पनि प्रहरीले दाबी गरेको छ । रकम लिएपछि फरार भएका उनी लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । उनलाई कञ्चनपुरको भिमदत्तबाट पक्राउ गरिएको हो ।