Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ १५ गते ।

जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० अन्तरगत तेस्रो दिन बारा क्रिकेट टिम विजयी भएको छ ।

सोमबार रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा रौतहटलाई ४९ रनले पराजित गर्दै बारा विजयी भएको हो ।

टस जितेर बारा टिम पहिला बलेबाजी गर्ने निर्णय गरेका थिए । बाराका खेलाडीहरु ३६ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ८३ रनको लक्ष्य रौतहट समक्ष प्रस्तुत गरेका थिए ।

बाराका ओपनर तृतराज दासले दुई छक्का र पाँच चौकाको मद्दतले ६७ बलमा ४४ रनको पारी खेले ।

बाराकै लागि कप्तान अरनिको यादवले ३ छक्का र दुई चौकाको मद्दतले नटआउट ५२ बलमा ५५ रनको योगदान दिए । बाराकै लागि निखिल सिंह ४४ बलमा २७ रन बनाए ।

रौतहटका लागि बलिङ गरेका सोनु साह, अरविन्द बैठा र अरविन्द जैसवालले दुई÷दुई विकेट लिए ।

विशाल लक्ष्य पाएका रौतहट टिम जवाफी ब्याटिङ गर्दै ३४ ओभरमा सबै विकेट गुमाएर मात्र एक सय ३३ न बनाउन सके ।

रौतहटका लागि नितेश यादवले सार्वधिक ६२ बलमा ४२ रन, सोनु साह ३६ बलमा २६ रन र ययान मुखियाले २८ बलमा ११ रन बनाए ।

यस टिमका अन्य ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बाराका लागि बलिङ गरेका श्रीयान श्रेष्ठले उत्कृष्ट बलिङ गरेका थिए । उनले आठ ओभरमा २९ रन खर्चेर चार विकेट लिए ।

बाराकै लागि बुलन सहनीले तीन र अरनिको यादवले दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच बाराकै अरनिको यादव घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *