Samajik Feed – News Portal from Nepal

बाँके, १५ माघ । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो।

नेपालगञ्ज उपमहानगरपालिका-१८ मा भे. १ ख १६९७ नम्बरको माइक्रो बसले लु. १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते प्रहरी जवान डाँगीको नेपालगञ्ज नरसिंह होममा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *