Samajik Feed – News Portal from Nepal

आजपाद्वारा काठमाडाैँमा भ्रष्टाचारविरुद्ध खबरदारी र्‍याली

काठमाडौँ, २० माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले काठमाडाैँमा भ्रष्टाचारविरुद्ध बृहत् खबरदारी र्‍याली निकालेको छ । शनिबार पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध शक्ति प्रदर्शन गरेको हो । आजपाका नेता तथा कार्यकर्ताले भ्रष्टाचार विरोधी नारासहित निकालेको मोटरसाइकल र्‍याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर समापन भएको थियो । भ्रष्टाचारले आम जनता आजित भएको र देश […]

प्रहरीमाथि कारबाही गर्न जनकपुरधामका व्यवसायीको माग, आइतबार दुई बजेसम्म बजार बन्द हुने

जनकपुरधाम, २० माघ । सुनचाँदी व्यवसायीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै जनकपुरधामका व्यवसायीहरूले आइतबार केही घण्टा बजार बन्द गर्ने भएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघले आइतबार दिउँसो २ बजेसम्मका लागि बजार, उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न आह्वान गरेको हो । व्यवसायीमाथि झुटो मुद्दा चलाइएको दाबी गर्दै संघले प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित मुख्यमन्त्री कार्यालय, […]

ई–डिभी लट्रीका लागि नक्कली सर्टिफिकेट बनाउने १० जना प्रहरीको फन्दामा

सामाजिक फीडजनकपुरधाम , माघ १९ गते । अमेरिकाको ई–डिभी लट्रीको भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई […]

नेपाली सांसद्को टोली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

नयाँ दिल्ली । नेपाली सांसदको टोलीले भारतीय विदेशमन्त्री डा‍. एस जयशंकरसँग भेट गरेको छ । नेपाली सांसदहरूको टोलीसँगको भेटमा दुई पक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू भारत भ्रमणमा छन् । भारतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निम्तोमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति […]

भारतमा मोबाइल फोनका कम्पोनेन्टहरुको आयात शुल्क घट्यो

एजेन्सीजनकपुरधाम, माघ १९ गते । भारतमा मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटेको छ । भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको हो । अर्थ मन्त्रालयको राजश्व विभागका अनुसार भन्सार महसुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू […]

सर्लाहीमा कार्यालयभित्रै ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार

समाजिक फीड जनकपुरधाम, माघ १९ गते । सर्लाहीमा एकजना ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको हो । महोत्तरीको गौशाला नगरपालिका–३ घर भएका महतोमाथि कार्यालयमै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख इन्सपेक्टर मदन थापाले जानकारी दिए। […]

अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन

भारत । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । गएराति उनको मृत्यु भएको हो । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् । सन् २०११ मा क्रिकेट विश्व कप फाइनलअघि ‘भारतले फाइनल खेल जित्यो […]

आगोले जलेर एक जनाको मृत्यु

बुटवल, १९ माघ । दाङमा खाना पकाउने क्रममा आगोले जलेर एक जनाको मृत्यु भएको छ । गएराति तुलसीपुर उपमहानगरपालिका–८ कटकुईयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको जलेर मृत्यु भएको हो । दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किँदा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । samajik_feedsamajikfeed.com

आज पनि बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार

सामाजिक फीडजनकपुरधाम, माघ १९ गते । नेपाली बजारमा सुनको मूल्य आज लगातार पाचौँ दिन बढेको छ । गत सता देखी बढिरहेको सुनको मुल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ३ सय रुपैयाँले […]

मधेश प्रदेश : हरिण सिकार गरिरहेका झा बन्दुक र ४१ राउण्ड गोली सहित पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १९ गते । बन्दुक र गोली सहित सप्तरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका– ५ का शैलेश झा रहेको प्रहरीले जनाएको छ । झाको साथबाट २.२ हर्नेट बन्दुक र त्यसमा लाग्ने ४१ राउण्ड गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–२ […]