नयाँ दिल्ली । नेपाली सांसदको टोलीले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेको छ । नेपाली सांसदहरूको टोलीसँगको भेटमा दुई पक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू भारत भ्रमणमा छन् । भारतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निम्तोमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरूको टोली साताव्यापी भ्रमणका लागि दिल्ली पुगेको हो ।
सांसद्हरूले गोवा र लखनऊको पनि भ्रमण गर्ने जनाइएको छ ।