Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २० माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले काठमाडाैँमा भ्रष्टाचारविरुद्ध बृहत् खबरदारी र्‍याली निकालेको छ । शनिबार पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध शक्ति प्रदर्शन गरेको हो ।

आजपाका नेता तथा कार्यकर्ताले भ्रष्टाचार विरोधी नारासहित निकालेको मोटरसाइकल र्‍याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेकाले युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेर साहसिक कदम चालेको आजपाका अध्यक्ष प्रभु साहको बताए ।

युवाहरूको उक्त सराहनीय कार्यले आम जनसमुदायमा भ्रष्टाचारविरुद्ध लड़ने आत्मविश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई कारबाहीका लागि राज्यमाथि दबाब सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *