Samajik Feed – News Portal from Nepal

मधेश प्रदेश सांसद अभिराम शर्माको सेवासुविधा रोकियो

सामाजिक फीडजनकपुरधाम, माघ २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ । मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि प्रदेश सांसद शर्माको सेवासुविधा रोक्का गरेको गरेको जनाएको छ । गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्या प्रकरणमा शर्मालाई जन्मकैदको फैसला […]

पाकिस्तानमा विस्फोट, २५ जनाको मृत्यु

कराँची । पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । अन्य ४२ जना घाइते भएका छन् । निर्वाचनको अघिल्लो दिन पिसिन जिल्लाको खानुजई क्षेत्रमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर विस्फोट भएको हो । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । क्वेटामा एक लेवी फोर्सका अधिकारीले बलुचिस्तान विधान सभा सीट पीबी–४७ पिशिनका स्वतन्त्र उम्मेदवार इसफन्दियार […]

जितपुरसिमराका वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा, पाँच लाख घुस लिएको आरोप

सामाजिक फीड, काठमाडाैँ, २४ माघ । अख्तियारले बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर क्षेत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडाध्यक्ष क्षेत्रीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । घरबाटो सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको क्षेत्रीमाथि आरोप छ । अख्तियारका अनुसार उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको […]

बारामा सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

सामाजिक फीडजनकपुरधाम , माघ २४ गते । सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट दुर्घटना भएको छ । आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका(८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार […]

बाँसबारी जग्गा प्रकरणमा अरूण चौधरीसहित तीनैजना रिहा

सामाजिक फीड जनकपुरधाम ,माघ २४ गते । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित आज तीनैजना रिहा भएको सीआईबी प्रवक्ता इन्सपेक्टर नवराज अधिकारीले जानकारी दिए । यही माघ १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी )ले […]

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सामाजिक फीडजनकपुरधाम ,माघ २४ गते । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख १८ हजारमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। चाँदी प्रतितोला १ हजार ३ सय […]

सदनमा अनशन बस्ने सांसद् खानको चेतावनी

सामाजिक फीड, काठमाडौँ, २४ माघ । जनमत पार्टी संसदीय दलका उपनेता अब्दुल खानले संसदमा अनशन बस्ने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा सांसद् खानले यस्तो चेतावनी दिएका हुन् । उनले बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै यो पुल निर्माणको कार्यले तीव्रता नपाए अनशन बस्ने चेतावनी दिए । […]

रौतहटबाट ३ जना लागुऔषध कारोबारी पक्राउ

सामाजिक फीडजनकपुरधाम , माघ २४ गते । रौतहटबाट ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका १२ बथाने टोलका २२ वर्षीय राजन मोक्तान , सोही ठाउँका वर्ष २३ का सुजन मोक्तान र वर्ष २९ की असली माया बल रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा देवाही गोनाही नगरपालिका ८ गोनाही […]

बलिउड गायक आतिफ असलम नेपाल आउँदै, यस्तो छ उनको कार्यक्रम

समाजिक फीडकाठमाडौं, माघ २३ गते । नयाँ वर्षको अवसरमा बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी आउन लागेका हुन् । त्यहाँ उनले ‘आतिफ असलम लाइभ इन नेपाल’ प्रस्तुति दिने छन् ।ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले असलमलाई कन्सर्टका लागि […]

३ करोड २१ लाख अवैध सम्पत्ति कमाएको अभियोग लागेका मिटरब्याजी श्याम परदेशीले पाए सफाइ

समाजिक फीड जनकपुरधाम, माघ २३ गते । मिटरब्याजी अभियुक्त सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण शाह र उनकी पत्नी मन्जुदेवीले एउटा मुद्दामा सफाइ छन् । विशेष अदालतले सम्पत्ति सुद्धिकरण मुद्दामा दुबैजनालाई सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार परदेशी र उनकी पत्नी मन्जुदेवीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा […]