सामाजिक फीड,
काठमाडौँ, २४ माघ । जनमत पार्टी संसदीय दलका उपनेता अब्दुल खानले संसदमा अनशन बस्ने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा सांसद् खानले यस्तो चेतावनी दिएका हुन् ।
उनले बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै यो पुल निर्माणको कार्यले तीव्रता नपाए अनशन बस्ने चेतावनी दिए ।
खानले जनहितकारी कामहरू समयमा नभएको भन्दै यस्ता काम अब उप्रान्त नभए सदनमा अनसनमा बस्नका लागि तयार रहेकाे पनि बताए । यसअघि नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम यो पुल निर्माणको माग गर्दै अनशन बसेका थिए ।