सामाजिक फीड,
काठमाडाैँ, २४ माघ । अख्तियारले बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर क्षेत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडाध्यक्ष क्षेत्रीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । घरबाटो सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको क्षेत्रीमाथि आरोप छ । अख्तियारका अनुसार उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दपा ३ को उपदफा १ बमोजिम कैद सजाय र पाँच लाख रूपैयाँ बिगो दाबी गरिएको छ ।