Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, माघ २४ गते ।


लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ ।

मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि प्रदेश सांसद शर्माको सेवासुविधा रोक्का गरेको गरेको जनाएको छ ।


गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्या प्रकरणमा शर्मालाई जन्मकैदको फैसला सुनाको थियो ।


गत माघ १४ गते एक कापर थरका व्यक्तिले शर्माको अदालतको फैसलासहित उनको सेवासुविधा रोक्का तथा पद निलम्बन गर्न प्रदेशसभामा उजुरी दिएका छन् । गत पुस महिनासम्म शर्माले सेवासुविधा पाइसकेका छन् ।

माघ महिनादेखि शर्माको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।


०७२ भदौ २८ मा दोस्रो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।


प्रदेशसभाका सदस्य शर्मा लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषदमा मधेस प्रदेशको सामाजिक विकास राज्यमन्त्री पनि बनेका थिए ।
अदालतबाट फैसलासहितको पत्र औपचारिक रुपमा प्रदेशसभामा नआएकाले उनलाई निलम्बन गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *