समाजिक फीड
काठमाडौं, माघ २३ गते ।
नयाँ वर्षको अवसरमा बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् ।
आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी आउन लागेका हुन् ।
त्यहाँ उनले ‘आतिफ असलम लाइभ इन नेपाल’ प्रस्तुति दिने छन् ।ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले असलमलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो ।
असलम चैत २९ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उनीसँगै नेपालका चर्चित कलाकारले समेत प्रस्तुती दिनेछन् ।
केही दिन नेपाल बस्ने असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् ।
असलमको नेपालमा यो दोस्रो कन्सर्ट हुनेछ । यसअघि उनी सन् २०१२ मा पनि दशरथ रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका थिए ।