३ दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय, यस्ता कार्यक्रमहरु आयोजना गरिने

समाजिक फीड काठमाडौ, माघ २६ गते । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने सरकाले निर्णय गरेको छ । आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने सरकारले निर्णय गरेको हो । प्रजातन्त्र दिवस कसरी मनाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र […]
वीरगञ्जमा जथाभावी फोहोर फ्याँक्नेहरुलाई धमाधम कारबाही, ६ महिनामै अशुल्यो साढे २४ लाख जरिवाना

समाजिक फीड वीरगञ्ज, माघ २६ गते । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले जथाभावी फोहर फ्याँक्नेहरुमाथि धमाधम कारबाही गरिरहेको छ । फोहोर फाल्नेहरुलाई कारबाही गरेर गत ६ महिनामा महानगरपालिकाले साढे २४ लाख रुपैयाँ जरिवाना अशुलेको छ । सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँका अनुसार जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख […]
प्रहरीमा जागिर खुल्यो : १ हजार ८५६ जवान, खेलाडी, भान्छेदेखि कुचिकारसम्म माग

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो । भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ । यसैगरी गत कात्तिक ३ गते भर्ना […]
पाकिस्तानमा चुनावकाबीच हिंसा : ५ जना प्रहरीको मृत्यु, दर्जनौ घाइते

एजेन्सी जनकपुरधाम, माघ २५ गते । पाकिस्तानमा आज भइरहेको निर्वाचनमा कयौं स्थानमा हिंसा भएको छ । बिहीबार एकसाथ भइरहेको नेशनल एसेम्बली र प्रान्तीय चुनावको क्रममा खैबर पख्तुनख्वामा भएको गोलीबारी र विस्फोटमा परेर कम्तीमा ५ जना प्रहरी मारिएका छन्। उता बलुचिस्तानमा ग्रिनेडबाट आक्रम भएको छ। हिंसाबीच चुनाव भइरहँदा देशभर मोबाइल फोन सेवा बन्द गरिएको छ।मतदान बिहान […]
मधेश प्रदेश : नक्कली नोटको कारोबार गरिरहेका ५ जना प्रहरीको फन्दामा

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । बारा प्रहरीले नक्कली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ । एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेका पाँचै जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका– १० का विशाल कुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्वत, […]
धनुषामा परिवारमा झगडा हुँदा घरबाट निस्केका पुरुषको शव फेला

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । धनुषाको सहिदनगरमा एक पुरुष मृत फेला परेका छन् । वडा नम्बर–७ स्थित चिरैयाका ५५ वर्षीय फुलगेन ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार पारिवारिक विवाद भएपछि दिउँसो उनी घरबाट निस्केका थिए । तर साँझसम्म घर नफर्केपछि उनको सोधखोज सुरु गरिएको थियो । साँझ सात […]
जसपाको महाधिवेशन जेठ २८-३० सम्म धनुषामा हुने

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । काठमाडौँ, २५ माघ । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म हुने भएको छ । बिहीबार जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०८१ जेठ २८, २९ र ३० गते धनुषामा महाधिवेशन हुने भएको हो । त्यस्तै, महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयन २०८० चैत्र […]
पाकिस्तानमा मतदान जारी, मोबाइल फोन सेवा बन्द

सामाजिक फीडजनकपुरधाम , माघ २५ गते । पाकिस्तानमा आम निर्वाचन जारी छ। आम निर्वाचन चलिरहँदा देशभर मोबाइल सेवा बन्द गरिएको छ। पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो । चुनावको पूर्वसन्ध्यामा बलुचिस्तानमा हिजो भएको बम विस्फोटमा परि अहिलेसम्म झण्डै ३० जनाले ज्यान […]
स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, २५ माघ । जनकपुरधामको बेलामा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान जनकपुरधाम–२३ बेलामा जनकपुरधामकाे बा. २ प ७६० नम्बरको स्कूल बसले भारत मधुवनीका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत घोषणा गरिएको थियो । साइकलबाट गइरहेका बेला बसले […]
मधेश प्रदेश : वनको २० हेक्टर जग्गा अतिक्रमण भएको खुलासा, ३५ जना विरुद्ध मुद्दा दर्ता

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । बारा जिल्लास्थित वनदेवी सामुदायिक वनको जग्गा अतिक्रमण प्रक्ररणमा ३५ जना विरुद्ध बारा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । झन्डै २० हेक्टर राष्ट्रिय र सामुदायिक वनको जग्गा अतिक्रमण गरेको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापासहित ३५ जनाविरुद्ध मुद्दा परेको हो । निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित […]