सामाजिक फीड,
जनकपुरधाम, २५ माघ । जनकपुरधामको बेलामा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान जनकपुरधाम–२३ बेलामा जनकपुरधामकाे बा. २ प ७६० नम्बरको स्कूल बसले भारत मधुवनीका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो ।
गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत घोषणा गरिएको थियो । साइकलबाट गइरहेका बेला बसले ठक्कर दिएको थियो । प्रहरीले स्कूल बस र चालक नियन्त्रणमा लिएको छ ।