Samajik Feed – News Portal from Nepal

आज विश्वासको मत दिनुस्, जवाफ अर्को बैठकमा दिन्छु :मुख्यमन्त्री

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । जनमतको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको प्रदेश सभा बैठक पुनः सुरु भएको छ । १० मिनेटपछि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने र अर्को बैठकमा घटनाका विषयमा जवाफ दिने बताए । उनले सबै दल तथा सांसदसंग विश्वासको मत लागेका छन् । […]

उत्पीडन र विभेदमा परेका समुदायको आवश्यक कानून निर्माण गर्न सरकार प्रतिवद्ध छ : प्रचण्ड

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडन र विभेदमा परेका समुदायका संविधानप्रदत्त अधिकार संरक्षणका लागि आवश्यक कानून निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसद कल्पना चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले थारू लगायत उत्पीडन र विभेदमा परेका समुदायका संविधानप्रदत्त अधिकार संरक्षणका लागि आवश्यक कानून […]

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । नेपाली बजारमा आइतबार पनि सुन–चाँदीको मुल्य बढेको छ। आइतबार सुनको ५ सय र चाँदीको २० रुपैयाँले मूल्य बढेको हो। शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्यआइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ […]

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

सामाजिक फीड, काठमाडौँ, ५ फागुन । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । वैशाख २६ गते परीक्षा सकिने बोर्डले जनाएको छ । तालिका हेर्न […]

मृत्यु भइसकेका व्यक्तिको पेन्सन निकालेको आरोपमा एक बैंक कर्मचारी पक्राउ

सामाजिक फीड, काठमाडाैँ, ५ फागुन । मृत्यु भइसकेका केही व्यक्तिको खाताबाट पेन्सन रकम निकालेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले बैंकको महाराजगञ्ज शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत रामेछाप लिखु देउराली गाउँपालिका-६ का ५५ वर्षीय पुण्यप्रसाद अधिकारीलाई पक्राउ गरेको हो । उनलाई बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ […]

फागुन १३ गतेदेखि धनुषामा दादुरा रुबेला खोप दिइने

सामाजिक फीडजनकपुरधाम , फागुन ४ गते । धनुषामा फागुन १३ गतेदेखि दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा फागुन १३ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणमा फागुन २२ गतेदेखि ३० गतेसम्म खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए । पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार […]

एसीसी महिला प्रिमियर कप क्रिकेट: मलेसियाद्वारा नेपाल पराजित

सामाजिक फीड, काठमाडौँ, ४ फागुन । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ […]

आरती साहलाई न्यान दिलाउन सडकमा उत्रियो नेविसंघ

सामाजिक फीड, काठमाडौँ, ४ फागुन । आरती साहलाई न्यान दिलाउन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ संघर्षमा उत्रिएको छ । लामो समयदेखि काठमाडाैँमा धर्ना दिइरहेको आरतीको परिवारका माग सम्बोधन गर्न राज्यले ध्यान नदिएको र उनको परिवारलाई माइतीघरबाट पटक–पटक धरपकड गर्ने काम भएको विरोधमा नेविसंघले आज प्रदर्शन गरेको हो । आरतीका लागि न्याय माग्दै नेविसंघ […]

डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो दलेर दुर्व्यवहार

सामाजिक फीडजनकपुरधाम, फागुन ४ गते । दुग्ध विकास संस्थान ( डीडीसी ) का महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो भएको छ । आज बिहान क्रान्तिकारी युवा संगठन नेपालले कार्यकक्षमै प्रवेश गरी झामाथि कालोमोसो दलेका हुन् । डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै झा माथि कालोमोसो दलेको संगठनले जनाएको छ । केही दिनअघि सोही समूहले […]

मधेशका मुख्‍यमन्त्रीले तत्कालै विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम , फागुन ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय […]