Skip to main content

सामाजिक फीड,

काठमाडाैँ, ५ फागुन । मृत्यु भइसकेका केही व्यक्तिको खाताबाट पेन्सन रकम निकालेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले बैंकको महाराजगञ्ज शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत रामेछाप लिखु देउराली गाउँपालिका-६ का ५५ वर्षीय पुण्यप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

उनलाई बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । अधिकारीले मृतक ८ जनाको पेन्सन केही वर्षदेखि लगातार निकाल्दै आएको प्रहरीले जनाएको छ । त्यसका लागि उनले मृतक व्यक्तिहरूको पेन्सन पट्टा तथा चेकबुक आफूले राख्ने गरेका थिए ।

उनीहरूले खाता खोल्दाको नागरिकता र पुरानो फोटो टाँसी नयाँ दस्तखत नमूना कार्ड आफैंले तयार गरी अधिकारीले पैसा निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। उनलाई बैंकिङ कसुर तथा ठगीसम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *