सामाजिक फीड,
काठमाडौँ, ४ फागुन । आरती साहलाई न्यान दिलाउन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ संघर्षमा उत्रिएको छ ।
लामो समयदेखि काठमाडाैँमा धर्ना दिइरहेको आरतीको परिवारका माग सम्बोधन गर्न राज्यले ध्यान नदिएको र उनको परिवारलाई माइतीघरबाट पटक–पटक धरपकड गर्ने काम भएको विरोधमा नेविसंघले आज प्रदर्शन गरेको हो । आरतीका लागि न्याय माग्दै नेविसंघ त्रिचन्द्र इकाइको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले घण्टाघर नजिक नाराबाजी गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले ‘आरती साहलाई न्याय देऊ’, ‘महिला हिंसा बन्द गर’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।