Samajik Feed – News Portal from Nepal

आजपाद्वारा सर्लाही घटनाको भर्त्सना, उच्चस्तरीय छानबिनको माग

काठमाडौँ, २० पुष । आम जनता पार्टी (आजपा) ले सर्लाहीको बरहथवामा स्थानीय जयशंकर साहको मृत्यु भएको घटनाको भर्त्सना गर्दै उच्चस्तरीय छानबिनको माग गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय […]

जसपाद्वारा लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २० पुष । जनता समाजवादी पार्टी जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले शुक्रबार सामाजिक सञ्जालमार्फत् सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । निर्वाचन आयोगले पुस मसान्तभित्र आर्थिक प्रतिवेदन बुझाउन र सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक गर्न दलहरूलाई […]

प्रदर्शनकारीको मृत्युपछि सर्लाहीको बरहथवामा कर्फ्यू लगाइयो

समाजिक फीड जनकपुरधाम, पुस २० गते । सर्लाहीको बरहथवामा कर्फयू लगाइएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई लिएर विवाद भएर झडप हुँदा एक जनाको मृत्यु र प्रहरीसहित ८ जना घाइते भएपछि कर्फ्यू जारी गरिएको हो। बरहथवा […]

सर्लाहीको बरहथवामा एक प्रदर्शनकारीको मृत्यु, १० जना घाइते

सामाजिक फीड जनकपुरधाम, पुस २० गते । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । आन्दोलनकारीले उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको दावी गरेका छन् । तर प्रहरीले गोली […]

जनकपुर प्रादे्शिक अस्पतालमा देशमै पहिलो पटक किड्नी माथिको ठूलो ट्युमरको सफल अप्रेसन

समाजिक फीड- जनकपुरधाम, पुस २० गते । प्रादे्शिक अस्पताल जनकपुरमा नेपालमै पहिलो पटक किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया भएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर तथा युरोलोजीस्ट डा. सुधिर सिंहको नेतृत्वको टोलीले करिब २ किलो ६ सय ग्रामको ट्युमर निकालेका हुन् । भरतपुर क्यान्सर अस्पताल देखि लिएर भारतको विभिन्न ठाउँमा उपचारका लागि पुगेका […]

मधेश प्रदेश : दोषी करार भएर फरार भएका चार जना प्रहरीको फन्दामा

समाजिक फीड- जनकपुरधाम, पुस २० गते । बाराबाट प्रहरीले विभिन्न मुद्दमा फरार रहेका चार जनालाई पक्राउ गरेको छ । अपहरण तथा शरिरबन्धक, कुटपिट र लागुऔषध मुद्दामा दोषी करार भई फरार रहेका चारैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सिम्रौनगढ नगरपालिका–८ कचोर्व बस्ने ५० वर्षिय रामाज्ञा प्रसाद यादब, जीतपुर सिमरा उप महानगरपालिका वडा […]

यू-१९ विश्वकप खेल्न जान लागेका नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडाैँ, २० पुष । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन दक्षिण अफ्रिका जान लागेका खेलाडीहरूलाई बिदाइ गरिएको छ । नेपाली क्रिकेट टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको हो। आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्ने छन् । त्यहाँ एक साताको प्रशिक्षणपछि नेपालले सुरुमा वाम अप […]

नेपाल भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौँ, २० पुष । नेपालको भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकर शुक्रबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाइ गरेका छन् । भ्रमणका क्रममा जयशंकरले उच्चस्तरीय भेटवार्ता गरेका थिए । त्यस्तै आयोगको बैठकपछि नेपाल र […]

मधेश प्रदेशमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्यो

समाजिक फीड जनकपुरधाम, पुस २० गते । मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएपनि विधार्थीको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० अनुसार मधेस प्रदेशमा २.०२ प्रतिशतले कमी आएर विद्यालयको संख्या ३ हजार २५४ पुगेको छ। राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेसमा सामुदायिक विद्यालयको संख्या घटेपनि विद्यार्थीको […]

मधेश प्रदेशमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्यो

सामाजिक फीड- जनकपुरधाम, पुस २० गते । मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएपनि विधार्थीको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० अनुसार मधेस प्रदेशमा २.०२ प्रतिशतले कमी आएर विद्यालयको संख्या ३ हजार २५४ पुगेको छ। राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेसमा सामुदायिक विद्यालयको संख्या घटेपनि विद्यार्थीको […]