काठमाडौँ, २० पुष । जनता समाजवादी पार्टी जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले शुक्रबार सामाजिक सञ्जालमार्फत् सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
निर्वाचन आयोगले पुस मसान्तभित्र आर्थिक प्रतिवेदन बुझाउन र सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक गर्न दलहरूलाई निर्देशन दिएको थियो । सोही निर्देशन बमाेजिम जसपाले प्रतिवेदन सार्वजनिक गरेको हो ।