काठमाडौँ, २० पुष । नेपालको भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकर शुक्रबार स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाइ गरेका छन् । भ्रमणका क्रममा जयशंकरले उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
त्यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो । शुक्रबार स्वदेश फर्किनुअघि उनले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेकान थिए ।