Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २० पुष । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन दक्षिण अफ्रिका जान लागेका खेलाडीहरूलाई बिदाइ गरिएको छ । नेपाली क्रिकेट टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको हो।

आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्ने छन् । त्यहाँ एक साताको प्रशिक्षणपछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ। यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्। नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनवरीमा पाकिस्तान र २७ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ।

त्यसअघि नेपालले १३ जनवरीमा स्कटल्याण्ड र १६ जनवरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ। नेपालले सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न लागेको हो। ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा यूएईलाई पराजित गरेको थियो ।

देव खनाल (कप्तान) रहेको नेपाली टिममा अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *