जलिरहेको अवस्थामा जनकपुरबाट एक महिलाको शव बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ६ गते । जलिरहेको अवस्थामा जनकपुरबाट एक महिलाको शव बरामद भएको छ । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको खेतमा महिलाको शव जलिरहेको स्थानीयले देखेका थिए । मृतक महिला महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतोको रहेको प्रहरीले जनाएको छ । […]
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ […]
भन्सार छलेर ल्याइएका एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद

सामाजिक फीड जनकपुरधाम, बैशाख ६ गते । भारतबाट गैरकानुनी तरिकाबाट ल्याएको एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद गरेको छ । शहिदनगर नगरपालिका २ तीनकोरिया वीरेन्द्रबजारबाट न. ८ ख ६३०० नम्बरको ट्रकसहित प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको […]
युक्रेनी प्रधानमन्त्रीको दाबी- युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन् । डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन् । युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदैछ । उनले भने, ‘यदि हामी बचेनौं भने, युक्रेनले हार्नेछ […]
एसीसी प्रिमियर कप: नेपालको लगातार चौथो जित, साउदी बाहिरियो

सामाजिक फीड, काठमाडौँ, ५ वैशाख । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराति आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट […]
आईसीसीको टी- २० वरियतामा दीपेन्द्रको छलाङ

सामाजिक फीड, काठमाडौँ, ५ वैशाख । आईसीसीको टी- २० वरियतामा दीपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउण्डरमा ११ औँ स्थानमा उक्लिएका हुन् । यसअघि २५ औँ स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११ औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा […]
आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

सामाजिक फीड, काठमाडौँ, ५ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै मंगलबारकै १ लाख ३९ हजार २०० मा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल […]
एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरेबिया भिड्ने

सामाजिक फीड, काठमाडौँ, ५ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल बिहान ११: ४५ बजेदेखि हुने भनिएकोमा केही ढिला सुरु हुने भएको छ । गएराति ठूलो वर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेका कारण समयमा खेल नहुने […]
साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित […]
छोरीको डेभ्यु फिल्ममा शाहरुखको दुई सय करोड लगानी

सामाजिक फीड, भारत । बलिउड अभिनेता शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड भारु […]