Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ५ वैशाख । आईसीसीको टी- २० वरियतामा दीपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउण्डरमा ११ औँ स्थानमा उक्लिएका हुन् । यसअघि २५ औँ स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११ औँ स्थानमा उक्लिएका हुन् ।

दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रूपमै चर्चामा रहेका छन् । उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इण्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बनेका छन् ।

त्यस्तै दीपेन्द्रले टी-२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६१ औँ स्थानमा रहेका छन् ।

त्यस्तै टी- २० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेखले ३६ स्थानको सुधार गर्दै ७५औँ स्थानमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *