Samajik Feed – News Portal from Nepal

हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जित

सामाजिक फीडजनकपुरधाम, बैशाख ३ गते । नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा एक खेल अगावै सेमिफाइनल पुगेको छ। लगातार तेस्रो जित हासिल गर्ने क्रममा आज नेपालले हङकङमाथि रवाफ देखाएको छ । लगातार ३ खेलमा जित हासिल गरेको नेपाल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । अब नेपालले साउदी अरेबियासँग खेल्न बाँकी छ । ओमानस्थित अल अमिरात […]

कोशी प्रदेश सभाको सचिवमा पराजुली पुन: नियुक्त

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते । कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुनस् नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् । कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । पोखरेल यसअघि २०७६ वैशाख […]

न्यायपालिकाको पुनसंरचना प्रतिवेदन बनाउन नेपाल बारले बनायो समिति

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते । नेपाल बार एशोसिएसनले न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।  सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल बारले राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनसंरचनाको एजेण्डा अघि बढाउने प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरेको जानकारी दिएको हो । नेपाल बारले बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित […]

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ: प्रधानमन्त्री

सामाजिक फीडजनकपुरधाम, बैशाख ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता […]

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश गरिएको छ । सङ्‍घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस  समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन प्रसाद […]

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते ।  नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ ।  कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित वालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति […]

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते । निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन […]

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७।५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो । बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने […]

नेकपा एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य विजयी

सामाजिक फीड, चन्द्रपुर, ३ वैशाख । नेकपा एमाले राैतहट चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको पदाधिकारी चयनका लागि आइतबार निर्वाचन भएको थियो । अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्रप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राम बहादुर घलानले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्ष पदमा लालबहादुर दोङ […]

न्यायाधीश गिरीलाई वैवाहिक बलात्कार मुद्दामा थुनामा पठाउने सर्वोच्चको आदेश

सामाजिक फीड जनकपुरधाम, बैशाख ३ गते । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका पूर्वन्यायाधीश भुवन गिरीलाई थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेपछि उनलाई थुनामा पठाइएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई […]