सामाजिक फीड,
चन्द्रपुर, ३ वैशाख । नेकपा एमाले राैतहट चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको पदाधिकारी चयनका लागि आइतबार निर्वाचन भएको थियो ।
अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्रप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राम बहादुर घलानले ३४ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा लालबहादुर दोङ निर्वाचित भएका छन् । दोङले १५१ मत प्राप्त गर्दा अर्का उपाध्यक्षका उम्मेदवार रवि रानाले ३० मत प्राप्त गरेका छन् । त्यस्तै उपसचिव पदमा जयनारायण साहले १४७ मत ल्याउँदै विजयी भएका छन् । अर्का उप सचिवका उम्मेदवार डोलबहादुर ठाडा मगरले ३४ मत प्राप्त गरेका छन् । त्यस्तै सचिव पदमा राम शिहासन यादव निर्विरोध निर्वाचित भएका छन् । उपसचिव पदमा समेत सरिता पाण्डे निर्विरोध निर्वाचित भएकी छन् ।
नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भएको भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भएको निर्वाचन कमिटीका सदस्य रमेश तिमलसिनाले जानकारी दिएका छन् ।