Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख ३ गते ।

नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा एक खेल अगावै सेमिफाइनल पुगेको छ। लगातार तेस्रो जित हासिल गर्ने क्रममा आज नेपालले हङकङमाथि रवाफ देखाएको छ ।

लगातार ३ खेलमा जित हासिल गरेको नेपाल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । अब नेपालले साउदी अरेबियासँग खेल्न बाँकी छ ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा नेपालले हङकङलाई ८ विकेटले पराजित गर्यो । ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट क्षतिमा पार गरेको थियो ।

नेपालका लागि आसिफ शेखले ४० र कुशल भूर्तेलले ३२ रन बनाए। कप्तान रोहित कुमार पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहे।

पहिले ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो । उसका अन्शुमान रथले सर्वाधिक ३४ रन बनाए । ५ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि अविनाश बोहराले ३, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २–२ तथा करण केसीले १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *