Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख ३ गते ।

हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७।५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो ।

बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २(२ तथा करण केसीले एक विकेट लिएका थिए ।
         

Leave a Reply

Your email address will not be published. Required fields are marked *