Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख ३ गते ।

नेपाल बार एशोसिएसनले न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । 

सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल बारले राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनसंरचनाको एजेण्डा अघि बढाउने प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरेको जानकारी दिएको हो ।

नेपाल बारले बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित ९ सदस्यीय समिति बनाएको छ । समितिमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, सविता भण्डारी वराल, चन्द्रकान्त ज्ञवाली, खम्व बहादुर खाती, रमेश बडाल, पंकज कर्ण, दिपेन्द्र झा र यज्ञमणी न्यौपाने सदस्य रहेका छन् । 

नेपाल बारले न्यायपालिकामा रहेका विकृति विसङ्गति हटाउनको लागि समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई सम्मेलनको मुख्य एजेण्डा बनाउने बताएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *