Samajik Feed – News Portal from Nepal

भारतबाट भित्र्याउँदै गर्दा २४ लाख बराबरको अवैध सामान रौतहटबाट बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । प्रहरी गस्ती टोलीले २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता […]

आईपीएल : खराब फर्ममा रहेका म्याक्सवेलले लिए विश्राम

सामाजिक फीड, भारत । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आईपीएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् । आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् । खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ […]

काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदूषित शहर

सामाजिक फीड, काठमाडौँ, ४ वैशाख । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत रहेको छ । यसलाई स्वास्थ्यको […]

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

सामाजिक फीड, महोत्तरी, ४ वैशाख । नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक वर्षको ६ र ७ वैशाखमा सञ्चालन हुँदै आएको छ । सोहीअनुसार महोत्तरीमा पनि यसको तयारी गरिएको छ । महोत्तरीका १५ वटै स्थानीय तहमा ६ देखि ५९ महिनासम्मका आफ्ना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले सबैसँग आग्रह […]

नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको सोमबार (वैशाख ३ गते)बसेको सञ्चालक समितिको बैठकले ४।७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब […]

मधेशका मुख्यमन्त्री यादव आज चौथोपटक विश्वासको मत लिँदै

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने लिँन लागेका छन् । सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार आज वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत […]

बारामा तेल ट्यांकरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । बाराको जितपुर मा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ […]

दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस

समाजिक फीड, जनकपुरधाम , वैशाख ४ गते । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा डा। देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्। यस अघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डिआइजीको […]

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफुलाई दिने सहमति भएको […]