Skip to main content

सामाजिक फीड
जनकपुरधाम, बैशाख ४ गते ।

प्रहरी गस्ती टोलीले २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।

भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता कपडा, किराना खाद्यन्ह, पशु चौपाया र बन बाट ल्याएको अवैध काठ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद सामान सवारीसाधन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा सोमबार साँझ बुझाइएको रौतहट प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *