Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख ४ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने लिँन लागेका छन् ।

सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार आज वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेछन् ।

उनले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *