Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख ४ गते ।

नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको सोमबार (वैशाख ३ गते)बसेको सञ्चालक समितिको बैठकले ४।७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब यो प्रस्ताव सरकार र बिमा समितिले स्विकृति दिएपछि साधारण सभामा लगिनेछ र सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

आर्थिक वर्ष २०७८–७९ को नाफाबाट पनि कम्पनीले कम्पनीले ४।७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *