भारतमा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात; नेपाललाई ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी

२५ असोज, जनकपुरधाम। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गर्ने गरिन्छ । यस वर्ष नेपाल बाट १ अर्ब ३० लाख युनिट विद्युत भारतमा निर्यात गरिएको छ। जसमा नेपाललाई ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी भएको खबर आएको छ। १९ गते जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिधुतको […]
श्रीमानद्वारा कुटपिट गर्दा श्रीमतीको गयो ज्यान

२५ असोज, जनकपुरधाम। महोत्तरी जिल्लाको मठियानि-४ को कविता यादवलाई श्रीमान र ससुरालीको मानिसहरुद्वारा निर्घात कुटपिट गरिएको छ। कुटपिट पछि कविताको अस्पतालमा भर्ना भएकी थिईन। उपचारकै क्रममा वहाँको मृत्यु भएको खबर जानकरी भएको छ। सम्बन्धित निकायको ध्यान जाओस्। सत्य तथ्यको छानबिन होस्। samajik_feedsamajikfeed.com
कार्तिकमा देशभरिका बालबालिकालाई विटामिन “ए” र जुकाको औषधि खुवाईदै।

२५ असोज, जनकपुरधाम। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले यहि कात्तिक २ र ३ गते भिटामिन “ए” क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ। भिटामिन “ए” को औषधि ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई खुवाइने गरिन्छ। यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ। २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ […]
एमाले र जसपाको गठबन्धन पछि मधेश प्रदेश बाट एमालेका धेरै नेताहरुले दिए स्वतन्त्र उम्मेदवारी ; नामावली यसप्रकार रेहको छ।

२५ असोज, जनकपुरधाम। एमाले र जसपाको गठबन्धन पछि मधेश प्रदेश बाट एमालेका धेरै नेताले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनका एमाले छोडी स्वतन्त्र उम्मेदवारी दिने मधेशका उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ। प्रतिनिधिसभातर्फःप्रभु साह, रौतहट–३किरण साह, रौतहट–२प्रदिप साह, रौतहट–४राम आधार कापड, महोत्तरी –३मानबहादुर खडका, सर्लाही–१किशोरी साह ‘कमल’, धनुषा–१सन्तोष श्रेष्ठ, पर्सा –१कृष्ण कुमार […]
बिराटनगरको एमाले पार्टीको कार्यक्रम एस्तो पनि देख्न पाईयो।

२५ असोज, जनकपुरधाम। बिराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमालॆ) ले आयोजना गरेको एउटा कार्यक्रममा एस्तो पनि दृश्य हेर्न पाईयो। तस्विरमा देखिएको दृशमा चियापानि गर्नका लागी टोकन प्रणालीको प्रयोग गरिएको छ। तस्विर सामाजिक संजाल खुबै भाईरल हुदैंछ। samajik_feedsamajikfeed.com
बर्दियामा करिब ८ सय घर पर्यो डुबानमा।

२५ असोज, जनकपुरधाम। सोमवार साँझ देखि कर्णालीमा आएको बाढोको कारण कर्णाली लगायत बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर पर्यो डुबानमा। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति भएको छ। स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले जानकारी दिएका छन्। samajik_feedsamajikfeed.com
नेपाली U-17 राष्ट्रिय टिम हिजो देखि मलेसियाको विमानस्थलमा अलपत्र छन्।

२५ असोज, जनकपुरधाम। नेपाली U-17 राष्ट्रिय टिम एसियन कप छनोट खेल खेलेर नेपाल फर्किने क्रममा हिजोबाट हाल सम्म पनि मलेसियाको विमानस्थलमा भुईमा बसिरहेको छ । केहि प्राबिधिक कारणले जहाज उड्न गार्हो भएकोले खेलाडीहरु अलपत्र अवस्थामा हिजो देखि विमानस्थल मै पर्खेर बसी रहेका छन्। samajik_feedsamajikfeed.com
सेयर बजारमा आज मंगलबार पनि दोहोरो अंकले गिरावट भएको छ ।

२५ असोज, जनकपुरधाम। दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से आज मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ । आज मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ […]
गृह मन्त्रालयले ड्रोन उडाउनुअघि उचित स्वीकृति लिन नभई कानुनबमोजिम कारबाही गरिने

२५ असोज, जनकपुरधाम। नेपाल गृह मन्त्रालयले ड्रोन उडाउनुअघि उचित स्वीकृति लिन नभई कानुनबमोजिम कारबाही गरिने जानकारी गराएको छ । ड्रोन ऐनअनुसार २ किलोग्रामभन्दा कम ड्रोनका लागि डीएओबाट र २ केजीभन्दा बढीको ड्रोनका लागि गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ । samajik_feedsamajikfeed.com
Breaking News :- सर्लाही जिल्लाको अन्दाजी ३५ वर्षीय पुरुषको शव जनकपुरको बजरंग चौकमा फेला परेको छ।

२५ असोज, जनकपुरधाम। जनकपुरको बजरंग चौकमा अलपत्र अवस्थामा शव फेला परेको छ। स्थानीयको अनुसार मृत मान्छे सर्लाही जिल्लाको हो। प्रहरीद्वारा अनुशन्धानका लागि मृत शरीरलाई पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल लागिएको छ। samajik_feedsamajikfeed.com