Samajik Feed – News Portal from Nepal

बजेटमा मधेशका लागि नयाँ र विशेष प्याकेज आउने प्रधानमन्त्रीको प्रतिबद्धता

सामाजिक फीड, काठमाडौँ, १८ चैत्र । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न निर्देशन दिएको बताएका छन् । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा […]

जीतपुरसिमरा गोल्डकपको चैत्र २४ गतेबाट हुने

सामाजिक फीड, बारा, १८ चैत । जीतपुरसिमरा गोल्डकपको १४ औँ संस्करण आगामी चैत्र २४ देखि सुरु हुने भएको छ। आइतबार बाराको सिमरामा पत्रकार सम्मेलन आयोजना गरी आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो। सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, […]

घुस रकमसहित वडाध्यक्ष पक्राउ

कपिलवस्तु, १८ चैत । कपिलवस्तुमा एक वडाध्यक्ष घुस रकमसहित पक्राउ परेका छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो । घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो । अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव […]

सुनिल र विकललाई थप २१ दिन थुनामा राखिने

काठमाडौँ, १८ चैत्र । गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राखिने भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको […]

गुजरातद्वारा नेपाललाई ९९ रनको लक्ष्य

भारत । फ्रेन्डसिप कपअन्तर्गत गुजरात क्रिकेट एसोसियसनले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको गुजरात १८.२ ओभरमा अल आउट हुँदै ९८ रन बनाएको हो । गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए । त्यसैगरी नेपाली […]

कर प्रणाली सुधारसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाइयो

सामाजिक फीड, काठमाडौँ, १८ चैत । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ। समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो। समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनूसूची समेटिएको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनले राजश्व परिचालनमा बृद्धि, नयाँ रोजगारी सिर्जना तथा […]

उपप्रधानमन्त्री महासेठद्वारा कमला पुलको निरीक्षण

सामाजिक फीड, धनुषा, १८ चैत्र । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्‌। आइतबार मन्त्री महासेठले कमला पुलसँगै हुलाकी सडकको निरीक्षणमा निस्किएका थिए । उनले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिए । उनले मधेशको लाइफलाइन मानिने […]

व्यवसायी पण्डितसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड, काठमाडौँ, १८ चैत। मेडिकल व्यवसायी विशाल पण्डितसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति […]

प्रभु साहको प्रश्न– ‘मधेशका विद्यार्थीसँग विभेद किन ?’

सामाजिक फीड, काठमाडाैँ, १८ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु साहले सरकारले मधेशका विद्यार्थीमाथि विभेद गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद् साहले मधेशमा शिक्षक र विद्यार्थीको अनुपात र विद्यालयको भाैतिक संरचना निर्माणमा राज्यले विभेद गर्दै आएका आरोप लगाएका हुन् । शिक्षक दरबन्दी वितरण साम्प्रदायिकताको आधारमा गरिएको उनको दाबी छ […]

मलेसियामा अल्लाह लेखिएको मोजा बिक्री गर्ने एक सुपरस्टोरमा आक्रमण

सामाजिक फीडएजेन्सी मलेसियामा ‘अल्लाह’ लेखिएको एक सुपरस्टोरमा आक्रमण भएको छ । मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो । सो खबर बाहिरिएसँगै इस्लाम धर्मालम्बीमा आक्रोश पैदा भएको थियो, परिणाम स्वरूप सो स्टोरमा मोलोटोभ ककटेल प्रहार गरिएको हो । केके सुपर मार्ट चेनका शीर्ष अधिकारीहरूलाई मोजा बेचेको […]