भारत । फ्रेन्डसिप कपअन्तर्गत गुजरात क्रिकेट एसोसियसनले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको गुजरात १८.२ ओभरमा अल आउट हुँदै ९८ रन बनाएको हो । गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए ।
त्यसैगरी नेपाली बलर गुलशन झाले सर्वाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिए ।