Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १८ चैत। मेडिकल व्यवसायी विशाल पण्डितसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा परेको छ ।

अख्तियारले उनीहरूविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *