Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, १८ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु साहले सरकारले मधेशका विद्यार्थीमाथि विभेद गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद् साहले मधेशमा शिक्षक र विद्यार्थीको अनुपात र विद्यालयको भाैतिक संरचना निर्माणमा राज्यले विभेद गर्दै आएका आरोप लगाएका हुन् ।

शिक्षक दरबन्दी वितरण साम्प्रदायिकताको आधारमा गरिएको उनको दाबी छ । उनले भने, ‘बागमतीमा १८ जना विद्यार्थी बराबर एक जना शिक्षकको दरबन्दी दिइएको तर मधेशमा ७१ जना विद्यार्थी बराबर एउटा मात्र शिक्षकको दरबन्दी दिइएको छ ।’ नेता साहले मधेशका विद्यालयहरूमा कक्षाकोठाको क्षमताभन्दा चार गुणाबढी विद्यार्थी कोच्ने गरिएको पनि दाबी गरे ।

उनले भने, ‘मोटरसाइकलमा दुई जनाको ठाउँमा तीन जना बसाउँदा चिट काट्ने गरिन्छ । अनि ५० विद्यार्थी अट्ने कक्षाकोठामा २०० सम्म विद्यार्थी बस्दा चिट काट्नु पर्छ कि पर्दैन ? भनेर प्रश्न गरे । मधेशका स्कुलमा एउटा कक्षाकोठामा दुई/दुई सय विद्यार्थीहरू कोचिएको छ उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *