कपिलवस्तु, १८ चैत । कपिलवस्तुमा एक वडाध्यक्ष घुस रकमसहित पक्राउ परेका छन् ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो । घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।